0


सुनसरी । झापा बनियानी–४ की श्रुति कार्कीले गत साता सम्म आफ्नो सामान्य अवस्थामा नै बच्चा जन्माउन सक्छु भन्ने सोचेकी थिइन् । तर एक्कासी पेट दुखेपछि ४ दिन अघि उनलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याइयो । अब उनले बुझिन् कि शल्यक्रिया बिना आफुले बच्चा जन्माउन नसक्ने । तर पनि उनी ढुक्क थिइन् ।शनिबार कार्कीको शल्यक्रिया प्रतिष्ठानका डा रमेश श्रेष्ठले बच्चा थमाइदिँदा पो उनी झसंग भइन् । जब उनले मुटु बाहिर भएको शिशु आफ्नो भन्ने थाहा पाएपछि । दुई किलो चार सय ग्राम तौल रहेको शिशुको मुटु शरीर बाहिरै रहे पनि अवस्था हालसम्म सामान्य रहेको छ ।
अब उनको शल्यक्रिया गरेर मुटु भित्र राख्नु पर्ने डा श्रेष्ठले बताए । उक्त उपचार धरानमा सम्भव नभएकाले कान्तिबाल अस्पतालमा ति बालको मुटु शरीर भित्र राख्नका लागी सिफसिर गरिएको डा श्रेष्ठले बताए ।

Post a Comment

 
Top