0
केटीले लगाउने हिल केटाले दिनभरी लगाएर हिडेपछि... (फोटो फिचर)


असार, काठमाडौं । भनिन्छ, यदी कोही कसैलाई बुझ्न चहान्छ भने उसले त्यो ब्यक्तिको जुत्तामा आफ्नो खुट्टा राखेर लामो दुरी पार गर्नुपर्छ । त्यस्तै महिलाको हिल अनुभवलाई बुझ्नका लागि भनि लस एन्जलस स्थित ब्रोबाइबल नामक वेबसाईटका भिडियो संवाददाता ब्राण्डन कोहेनले एउटा भिडियो तयार पारेका छन् जसमा उनले दिनभरी महिलाले झैं हाई हिल लगाएका थिए । पुरै दिन हाई हिल लगाउने निधो गरेका ब्राण्डनले दिनको शुरुवात गरे आफ्नो सजिलो जुत्ता फुकाल्दै त्यसको सट्टा हाई हिल लगाएर ।
बिहानको साढे आठ बजे हाई हिल लगाएर उनि आफ्नो अपार्टमेण्टबाट निस्कििन्छन् । हिल लगाए लगत्तै उनले अफ्ठेरो महशुस गरेको कुरा भिडियोमा भनेका पनि छन् । उनि हिल लगाएरै ड्राईभ गर्दै अफिस पुग्छन् । उनि तिर आफ्ना सबै सहकर्मीको ध्यान तानिन्छ । उनि अझ हिलको अनुभब बटुल्न र हिलको चुनौती पुरा गर्न दिउसो शपिङ्ग मल पनि पुग्छन् । जहाँ उनि आकर्षणको राम्रै केन्द्रबिन्दु बन्न पनि सफल हुन्छन् । यो सबै गरिरहदा उनले जति असहज महशुस गरिरहेका थिए त्यो भन्दा धेरै महिला भएर हिल लगाउन कति गाह्रो रहेछ भन्ने अनुभब बटुलिरहेका थिए । यसै समयमा उनले हिलका कारण असाध्यै गाह्रो महशुस गरिरहदा ‘म मर्न चाहन्छु, मलाई मर्न देउ’ समेत भन्न बाँकी राखेनन् । यसरी हिल लगाएर बाटोमा हिडिरहदा उनका अनेक तस्बिरहरु बटुवाले समेत खिच्न भ्याए ।

आफ्नो कामको हिस्साको रुपमा आउने ईन्टरभ्यु पनि उनले फित्तैफित्ताले जेलिएको हाई हिल लगाएरनै गरे । यसरी उभिएरु अन्तवार्ता गर्दा अब आफुलाई उभिन सक्ने कत्ति पनि तागत नभएको र आफ्ना खुट्टाहरु कामिरहेको कुरा समेत स्विकारे । लगभग बेलुकी सात बजेर १५ मिनेटमा उनले दुबै जुत्ता फुकालेर खालि खुट्टै पैदल हिडे । यही बिचमा उनले बेलुकी बारमा जाने, डान्स लगायत अरु रमाईलो पनि गर्ने योजना रहेको तर अत्याधिक पिडाका कारण जान नसकेको राज पनि खोले । उनले जादाजादै दुखाई कम गर्ने मलम लगाएर सुत्ने कुरा समेत गरे ।
आउनुस् ब्राण्डन कोहेन हाई हिलमा कस्ता देखिए र के के गर्न भ्याए केही तस्बिर हेरौं । 

काममा जानु पुर्व हाई हिल लगाएर तयारी हुँदै । 

बिहान काममा जानु पुर्व हाई हिल लगाउने तयारीमा । 

काममा जाने क्रममा हिल लगाएर कारमा चढ्नेक्रममा ।  


कार्यालयमा हिल लगाएर काम गरीरहेको अवस्थामा हिलका कारण थकित मुद्रामा ।  

हाई हिलको कारण कार्यालयमा हाँसोका पात्र बन्दै । 

हाई हिल लगाएर सिढि बाट झर्ने क्रममा । 

सपिंगमल मा घुम्न जानेक्रममा सबैको नजरमा पर्दै ।

साँझ ७ बजेर १५ मिनेट जाँदा हिल निकालेर खाली खुट्टा सडकमा हिड्दै ।


Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top