0


मिस नेपाल हुँदा खुबै चर्चा पाएपनि एकाएक हराएकी श्रृष्टी श्रेष्ठले सबैलाई चकित बनाएकी छिन् । केही बर्ष हराएकी श्रृष्टीले एक बलिउड चलचित्रको गीतमा अभिनय गरेकी छिन् ।


बलिउड नायिका सन्नी लियोनीले अभिनय गरेको असफल चलचित्र ज्याकपोर्टको कभी जो बादल बर्षे बोलको गीतको अनप्ल्ग्डमा श्रृष्टीलाई देख्न सकिन्छ । यो गीतलाई भारतको चर्चित म्यूजिक कम्पनी टीसिरिजले आफ्नो युटुब च्यानलमार्फत मंंगलबार सार्वजनिक गरेको हो ।

गीतमा श्रृष्टीसँगै चलचित्र ज्याकपोर्टका नायक सचिन जोशी देखिएका छन् । तर, भिडियोको क्रेडिटमा सचिनको नाम उल्लेख भएपनि श्रृष्टीको गरिएको छैन । गीतको भिडियोमा श्रृष्टी बोल्ड देखिएकी छिन् । यो गीत सार्वजनिक भएसँगै श्रृष्टीको बलिउड ढोका खुलेको अड्कल काटिएको छ ।

श्रृष्टीले नेपाली चलचित्र जारमा अभिनय गर्ने चर्चा चलेपनि अझै यो पक्का भएको छैन । तर, उनी हिन्दी चलचित्रको एक गीतमा देखिएकी छिन् ।

भिडियो

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top